काठमाडौं ।
आज राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बस्ने बताईएको छ । अहिले दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमापछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीले जनाएको छ ।
यस्तै शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएकाले यस बारेमा पार्टीले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा पनि निर्णय गर्ने जनाईएको छ ।
साथै संसदमा आगामी दिनमा कसरी प्रश्तुत हुने भन्नेबारेमा रणनीति बनाउने राप्रपाको तयारी छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??