spot_img
spot_img
spot_img

सुँगुरको मिर्गौला हालेकी महिलाको मृत्यु

spot_img

काठमाण्डौ ।

लिसा पिसानो मेकानिकल मुटु पम्प र जिन सम्पादन गरिएको सुगुरको मिर्गौला   सुँगुरको मिर्गौला हालेकी पहिलो व्यक्ति थिइन् । सोमबार पिसानोको निधन भएको एनवाईयू लाङ्वन हेल्थले बताएको छ । यही संस्थाले पिसानोको शरीरमा मेकानिकल मुटुको पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला राखिदिएको थियो । पिसानोको शरीरमा अप्रिल १२ मा प्रत्यारोपण गरिएको थियो । तर सीमित रक्त प्रवाहका कारण मिर्गौला फेलियर भएपछि मे २९ मा यसलाई हटाइयो । मेकानिलक मुटुको पम्पको साथमा मिर्गौला प्रत्यारोपण गरिएकी उनी संसारकै पहिलो व्यक्ति थिइन् भने जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला हालिएकी दोस्रो जीवित व्यक्ति थिइन् ।

आफ्नो लागि अङ्ग प्रत्यारोपणले काम नगरे पनि अरूका लागि काम गर्न सक्ने उनले बताएकी थिइन् । यसबाट अन्ततः कसै न कसैलाई फाइदा हुने आशा उनले व्यक्त गरेकी थिइन् । विश्वमा हरेक ८ मिनेटमा अङ्ग प्रत्यारोपण पर्खिनेहरूको सूचिमा एक जना मान्छे थपिने गरेको र दिनहुँ यो सूचिमा रहेका १७ जनाको निधन हुने अनुमान गरिएको छ । तर दाताहरूको उपलब्धताको अभावमा अन्य पशुका अङ्ग प्रत्यारोपण अर्थात् जेनोट्रान्सप्लान्टेशन सम्भावित समाधान बन्ने आशा पलाएको छ । तर यसका लागि अझै कयौँ वर्ष कुर्नु पर्ने देखिन्छ ।-  एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img