काठमाडौं ।
जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । आज बिहीबार बसेको पार्टी बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद छन् ।
नेकपा एमाले र नेपाली काङ्ग्रेसले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन भन्दै पार्टिलाई निर्देशन गरिसकेको छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रबार संसदमा विश्वासको मत लिदै हुनुहुन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??