काठमाण्डौ ।
वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर घर भित्रै सुतिरहेका ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आउनु भएको बागलुङ-७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो ।
आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??