रुपन्देही ।
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ । विमानस्थलका अनुसार जहाजका चक्काले माटो छोएको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको थियो । काठमाडौंबाट हिजाे साँझ साढे ९ बजे उडान भरेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए । उनका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निकालिएको थियो । उनीहरू आफ्नो गन्तव्यमा गइसकेको भट्टले बताए ।