काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त हुन सकेन । आज शुक्रबार प्रतिनिधि सभामा उहाँलाई जम्मा ६३ मत मात्रै प्राप्त भएको हो
२५८ मत रहेकोमा उहाँले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उहाँको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??