spot_img
spot_img
spot_img

राष्ट्रपति पौडेलद्वारा नयाँ सरकार गठनका लागि आह्वान

spot_img

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) अनुसार संविधानविद्हरुसंग परामर्श गरेपछि नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

आगामी आइतबार अपरान्ह ५ बजेभित्र नयाँ सरकार गठन गर्न राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

प्रतिनिधिसभामा आज भएको विश्वासको मत सम्बन्धि प्रस्तावमा प्रधानमन्त्री दाहालको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img