काठमाडौं ।
सशस्त्र प्रहरी बलले चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजि कार्य तिब्र पारेको छ । शुक्रबार बिहान चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा बेपत्ता यात्रुसहित दुई वटा बस बेपत्ता भएका थिए। जसमा जसमा ६० भन्दा बढी यात्रुहरु रहेको बताइएको छ । यद्यपि यकिन हुन अझै सकेको छैन ।
शुक्रबार बिहानबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा बेपत्ताको खोजि कार्य जारी राखेपनि आशातित परिणाम प्राप्त गर्न सकेको छैन । जसकारण सरकाप्रति आम नागरिकहरु रुष्ट छन् । सरकारले बेपत्ता नागरिकहरुको खोजि कार्यमा तदारुकता नदेखाएको गुनासो आम नागरिकको छ ।