spot_img
spot_img
spot_img

सिलिकन फेस मास्कको बढ्दो प्रयोगले चोरीका घटना बढ्दै

spot_img

काठमाण्डौ ।

चीनमा पछिल्लो समय अति वास्तविक देखिने सिलिकन फेस मास्क लगाएर शृङ्खलाबद्ध चोरीका घटना बढेपछि यस्ता प्रडक्टलाई वैध बनाइनु हुन्छ कि हुँदैन भनेर बहस चर्किएको छ । यही मार्चमा साङ्हाईमा चार वटा घर फोडेर चोरी भयो । यी घटनाको छानबिन गर्ने क्रममा ४० वर्षका एक पुरुषले बृद्धको सिलिक्न मास्क एक पुरुषले वृद्धको सिलिकन मास्क लगाएर ती चोरीहरू गरेको प्रहरीले थाहा पायो । गएको महिना प्रहरीले चियाङ्सु प्रान्तमा भएका चोरीका घटनाहरूमाथि छानबिन गर्‍यो । यी चोरीमा पनि बिजुलीको काम गर्ने एक कामदारले नचिनियोस् भनेर सिलिकन मास्क लगाएर चोरी गरेको पाइयो ।

यी दुई चीनमा आपराधिक गतिविधिमा सिलिकन मास्कको बढ्दो प्रयोगको प्रतिनिधि घटना मात्रै हुन् । सक्कलीजस्ता देखिने सिलिकन मास्कको प्रयोगलाई कानुन बनाएर नियमन नगरेसम्म यस्ता घटनाहरू बढिरहने चेतावनी विज्ञहरूले दिइरहेका छन् । मास्क बनाउनु गलत नभएको सियामेन विश्वविद्यालयका वकिल लिउ चियोङ पनि भन्छन् । तर यसको प्रयोग नियमनको दायरामा आउनु पर्ने र सम्बन्धित अधिकारीहरूले फेस मास्कको ‘यथार्थता’लाई ग्रेडिङ गर्नु पर्नेमा उनी जोड दिन्छन् । अर्को समस्या के छ भने यस्ता मास्कहरू अनलाइनमा छ्यापछ्याप्ति विक्रीका लागि उपलब्ध छन् ।

क्रेताले दिएको डिटेल अनुसार जस्तो पनि मास्क किन्न पाइन्छ । सबैले चोरी चकारी वा अपराधकै लागि मास्क किन्छन् भन्ने चाँहि होइन । आफूलाई मन पर्ने सेलिब्रेटीको मास्क लगाएर अरूलाई झुक्क्याउन, साथीभाइसँग प्र्याङ्क गर्न वा सिलिकन मास्क वास्तवमा कस्ता हुँदा रहेछन् भन्ने उत्सुकताका कारण किन्न खोज्ने पनि छन् । केहीले अनुहार देखाए पछि मात्रै खुल्ने पती वा पत्नीको फोन अनलक गर्न पनि यस्ता मास्क किन्ने गरेका छन् । घरबाट काम गरिरहेको बेलामा आफू अफिसमै छु भनेर देखाउन पनि यसको प्रयोग भएको पाइएको छ । उच्च कोटीको सिलिकन मास्क २३ हजार युआन (३ हजार २०० अमेरिकी डलर) पर्छ । यो बनाउन एक महिनाजति लाग्छ । मास्क लगाएर स्मार्टफोन फेशियल रिकग्निशन पास गर्न सकेन भने केही विक्रेताहरूले पैसा फिर्ता पनि दिइरहेका छन् ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img