spot_img
spot_img
spot_img

भूकम्प पीडितका अस्थायी टहरा पुरिँदा चार जना घाइते

spot_img

काठमाण्डौ ।

पहिरोले जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना घाइते भएका छन् । जाजरकोटका कुशे गाउँपालिका– ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा स्थानीय ३५ वर्षीय दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तीका थापा, २९ वर्षीया कमला थापा र १७ वर्षीया निरमाया थापा घाईते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

राति उक्त घटना भएको हो ।  जानकारी पाउनासाथ प्रहरी चौकी पैंकबाट गएको प्रहरीले घाइतेहरूको उद्धार गरेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img