काठमाडौं ।
सरकारले आज ल्याउन तयारी गरेको मौद्रिक नीति रोकिएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिका बारेमा छलफल गर्ने समय अपुग भएकाले अहिलेलाई रोकिएको बताईएको छ ।
यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने गरि तयारी गरिएको थियो ।
यसपटक ल्याईने मौद्रिक नीतिले अर्थतन्त्रमा विद्यमान समस्या समाधान गरि चलायमान बनाउने अपेक्षा सरकार एवं उद्योगी व्यवसायीले गरेका छन् । गभर्नर महाप्रसाद अधिकारीले यस पटक केही खुकुलो मौद्रिक नीति ल्याउने संकेत दिइसक्नुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??