काठमाण्डौ ।
जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार पार्टीको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताईएको हो । जनमतका ६ सांसद छन।
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ । केन्द्र सरकारमा जनमत हालसम्म सहभागी भएको छैन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??