काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले पनि आज विश्वासको मत लिनु हुनुभएको छ । अंक गणित प्रतिकूल भएपनि बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मत लिन लाग्नुभएको हो ।
शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णायार्थ पेस गर्ने निर्णय गरेको छ । उहाँले विश्वासको मत आज १ बजे लिदै हुनुहुन्छ।
गत असार १७ गते केन्द्रीय तहमा एमाले र काँग्रेसको सत्ता समीकरणको सहमति भएपछि बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार पनि संकटमा परेको थियो ।