spot_img
spot_img
spot_img

३५०० पाउन्डमा बिक्यो फ्लोरेन्स नाइटिङ्गेलको कपाल

spot_img

काठमाण्डौ ।

उत्तरी योर्कशायरमा भएको एउटा लिलामीमा चर्चित बेलायती नर्स फ्लोरेन्स नाईटिङ्गेल फ्लोरेन्स नाइटिङ्गेलको कपाल ३ हजार ५०० पाउन्ड स्टर्लिङमा विक्री भएको छ । नाइटिङ्गेलकै हो भनेर पुष्टि भएको सो कपाल लिलामीमा २ हजार देखि ३ हजार पाउन्डसम्ममा बेचिने अपेक्षा गरिएको थियो । कपालमा टाँसिएको कागजमा नाइटिङ्गेलको हस्ताक्षर पनि थियो। कपाल टिनेन्ट्स अक्सनर्सले लेबर्नमा बेचेको हो ।

कपाल नाइटिङ्गेलको बहिनीको वंशजको स्वामित्वमा थियो । यसलाई बेलायतका गोप्य क्रेताले ३ हजार ६०६ पाउन्डमा किनेको बताइएको छ । नाइटिङ्गेललाई धेरैले आधुनिक नर्सिङको संस्थापकको रूपमा हेर्छन् ।

क्रिमिया युद्धमा घाइते सिपाहीहरूको हेरचाहमा रातबिरात लाल्टिन बोकेर हिँड्ने भएकोले उनी ‘लाल्टिन बोक्ने महिला’ भनेर चिनिइन् । अहिले पनि लेडी विथ ल्याम्प भन्ने बित्तिकै सबैले नाइटिङ्गेललाई नै सम्झिन्छन । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img