काठमाण्डौ ।
चर्चित टिभी अभिनेत्री जस्मिन भासिनको आँखाको कोर्निया नराम्ररी बिग्रिएको छ । यसबारे जानकारी जस्मिन आफैले इन्स्टाग्राम स्टोरीमा साझा गरेकी हुन् । उनले जुलाई १७ मा एउटा कार्यक्रममा गएकी थिइन्, जहाँ उनले लेन्स लगाउनु परेको थियो । लेन्स लगाएको केही समयपछि नै उनको आँखा दुख्न थाल्यो । त्यसपछि उनको अवस्था यति नाजुक भयो कि उनले देख्न पनि छोडिन् ।
कार्यक्रम सकिएलगत्तै जस्मिनलाई अस्पताल लगियो, जहाँ उनको उपचार भयो। अहिले जस्मिनको अवस्था निकै राम्रो भएको छ । उनको उपचार जारी छ । यो जानकारी उनले आफैंले सेयर गरेकी छिन ।
टाइम्स अफ इन्डियासँग कुरा गर्दै जास्मिनले भनिन्– म १७ जुलाईमा एउटा कार्यक्रमका लागि दिल्ली गएकी थिएँ । मलाई मेरो लेन्समा के गडबड थियो थाहा थिएन, तर त्यसलाई राखेपछि, मेरो आँखा दुख्न थाल्यो । यो घटना लगत्तै डाक्टरकहाँ जानुपर्ने थियो तर कार्यक्रमका कारण जान सकिन । कार्यक्रममा मैले कालो चस्मा लगाएकी थिएँ । मैले केही देख्न पनि सकिनँ ।’
जैस्मीनले थप भनिन्– कार्यक्रम सकिएपछि हामी राति आँखा विशेषज्ञ कहाँ गयौँ । परीक्षण पछि, मलाई मेरो कोर्निया क्षतिग्रस्त भएको जानकारी दिइयो । मेरो आँखामा पट्टी लगाइयो। भोलिपल्ट म मुम्बई गएँ, जहाँ मैले आफ्नो उपचार जारी राखेँ।’
अबको चार–पाँच दिनमा निको हुने चिकित्सकले बताएका छन् तर त्यतिन्जेल आँखाको राम्रो हेरचाह गर्नुपर्छ । यो सजिलो छैन किनभने म देख्न पनि सक्दिनँ र दुखाइको कारण सुत्न समस्या भइरहेको छ। मलाई आशा छ कि म केहि दिनमा निको हुनेछु र काममा फर्कन सक्छु। -एजेन्सीको सहयोगमा