spot_img
spot_img
spot_img

इथियोपियामा पहिरोमा परेका २२९ जनाको शव निकालियो

spot_img

काठमाण्डौ ।

इथियोपियाको गोफाको पहाडी क्षेत्रमा मुसलधारे वर्षापछि आइतबार साँझ र सोमबार बिहान दुईवटा पहिरो खसेका थिए । दक्षिणी इथियोपियामा गएका यी दुई पहिरोमा परेर मारिएका २२९ जनाको शव उद्धार टोलीले अहिलेसम्म निकालेको स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन् । गोफा क्षेत्रका प्रशासक डग्मावी आयलेले बताएअनुसार मृतकहरूमा वयस्क र बालबालिकाहरू पनि छन ।

जीवितै उद्धार गरिएका १० जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ । आइतबार भारी वर्षाका कारण पहिरो गएको डग्मावीले बताएका छन् । सोमबार प्रहरी अधिकारी र आसपासका मानिसहरू खोजी तथा उद्धार कार्यमा जुटेका बेला दोस्रो पटक पहिरो खसेपछि उनीहरू पनि माटोमुनि पुरिएका थिए । ‘हामी अझै खानतलासीको क्रममा छौँ’ उनले बीबीसीलाई भने ।

अहिलेसम्म २२९ शव निकालिएको गोफा प्रकोप व्यवस्थापन प्रमुख मार्काेस मोलासेले बताएका छन् । जीवितहरूको खोजी कार्य तीव्र गतिमा भइरहेको तर मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । सयौँ मानिस घटनास्थलमा जम्मा भई माटोमा पुरिएका मानिसहरूको खोजीमा माटो खनिरहेको फुटेजहरू बाहिर आएका छन् । गोफा दक्षिणी ईथियोपिया इथियोपिया राज्यको हिस्सा हो । यो राजधानी अदिस अबाबाबाट ३२० किलोमिटर दक्षिण–पश्चिममा पर्छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img