काठमाण्डौ ।
चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति भोली सार्वजनिक हुने भएको छ । परिस्थिति सामान्य रहेमा भोली शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिनुभएको छ ।
मौद्रिक नीति गत साता सार्वजनिक गरिने भनिएपनि सार्वजनिक भएको थिएन । अर्थतन्त्र ओरालो लागेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउँछ भन्ने विषयमा सबैको चासो बढेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??