काठमाडौं ।
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ । पोष्टमार्टमका लागि तीन टोली खटिएको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले जनाएको छ । एउटा शवको पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्ने चिकित्सकको भनाई छ ।
सबै शवको पोष्टमार्टम गरेर भोली शुक्रबार परिवार वा आफन्तलाई शव जिम्मा लगाउन सकिने पोष्टमार्टममा सहभागी चिकित्सकले बताएका छन । पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सकहरु सहभागी छन् ।
बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।