spot_img
spot_img
spot_img

सिमलताल बस दुर्घटना: अध्ययन कार्यदलको समय १ हप्ता थप

spot_img

चितवन ।

चितवनको सिमलतालमा दुइटा बस दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थप्ने निर्णय गरिएको छ। कार्यदललाई सुरूमा १० दिनको समय दिएकोमा थप सात दिन समय थप गरिएको कार्यदलका संयोजक छवि रिजालले जानकारी दिनुभएको छ ।

गृहमन्त्रीबाट सात दिन समय थप भएको जानकारी गराउदै उहाँले प्रतिवेदनलाई अन्तिम रूप दिन समयावधि थप गरिएको बताउनुभयो ।

गत असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ। बेपत्ता ६२ यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ। ७ जनाको सनाखत हुन बाँकी छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img