spot_img
spot_img
spot_img

काठमाण्डौ उपत्यकाका ३ जनामा हैजा पुष्टि

spot_img

काठमाडौँ ।

काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि भएको छ। हैजा पुष्टि भएका तीन जनामध्ये एक जना सम्पर्कविहीन भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बताएको छ ।

ललितपुरको गोदावरी नगरपालिका– १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि एक साता पहिला अस्पताल ल्याइएको थियो । उनीहरूमध्ये एक जना १६ वर्षीय बालक टेकु अस्पतालमा उपचाररत छन् । उनलाई बिहीबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
यस्तै अर्का एक जनालाई पाटन अस्पतालमा रिफर गरिएको थियो । उनको अहिले उपचार जारी छ ।
टेकु अस्पतालमा उपचाररत अर्का २ जना भने भागेका छन् ।
उनीहरूमध्ये १ जनामा हैजा पुष्टि भएको छ भने अर्का एक जनाको रपोर्ट आउन बाँकी रहेको बसौलाले बताए । हैजा पुष्टि भएका बालक सम्पर्कविहीन छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img