जनकपुरधाम ।
धनुसाको भंगहा -जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजना व्यक्तीले दुवै खुट्टा गुमाएका छन । जनकनन्दनी गाउँपालिका- ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा गुमाएका हुन ।
रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका थिए । रेलको लिक छेउबाट हिड्ने क्रममा जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिनुभएको छ ।
उनको अहिले उपचार भईरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??