काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ०८४ लाई लक्षित गरी पार्टीले काम गर्ने बताउनुभएको छ । आइतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयाजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले आगामी दिनमा पार्टीलाई गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित अघि बढाइने पनि बताउनुभयो । ०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने उद्देश्यका साथ पार्टीअघि बढिरहेको उहाँको भनाई छ ।
अध्यक्ष दाहालले आफूले सरकार छोड्दा विजेताको रुपमा बाहिरिएको तर अहिले सरकारमा रहेकाहरु हारेको जस्तो गरी सरकारमा बसिरहेको टिप्पणी समेत गर्नुभयो। उहाँले आफूहरु जनता र मुद्दासँग जोडिएको जिकिर गर्नुभयो । सुशासन, सामाजिक न्याय, आर्थिक विकासको पक्षमा काम गरेपछि भ्रष्टहरु एक भएको आरोप लगाउनुभयो।