काठमाडौं ।
आफुलाई धर्मगुरु भनी दावी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा खतिवडा पक्राउ परेको प्रहरीको भनाई छ ।
उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए। उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ।
केही दिन अगाडी उनले सामाजिक सन्जालमा भिडियो राख्दै अनुषन गर्ने बताएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??