spot_img
spot_img
spot_img

त्रिशूलीमा हराएको चुम्बक सिमलताल नजिकै फेला

spot_img

चितवन ।

त्रिशूलीमा बेपत्ता दुईवटा डिलक्स बस खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक फेला परेको छ । बागमती प्रदेशका डीआईजी विष्णु केसीका अनुसार भारतीय प्राविधिकहरूले बस खोज्दा प्रयोग गरेको चुम्बक सिमलतालबाट करिब ३ सय मिटर तल फेला परेको हो ।

प्राविधिकहरूले बस खोज्न २० र ४० केजीको चुम्बक प्रयोग गरेका थिए। बस फेला नपरेपछि भारतबाट आएका विशेषज्ञहरू फर्किसकेका छन् ।

गत असार २८ गते बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् । अहिलेसम्म बसमा सवार २५ जनाको शव भेटिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img