spot_img
spot_img
spot_img

देवदहमा मनाइयो ३० औं विश्व आदिवासी जनजाति दिवस

spot_img

देवदह । देवदहमा ३० औं विश्व आदिवासी दिवस भब्य रुपमा मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ देवदह समन्वय परिषद्को नेतृत्वमा देवदहमा झाँकीसहितको र्‍याली सहित दिवस मनाइएको हो ।

मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले परम्परात पोशाकमा सजिएर र्‍यालीमा सहभागी भएका थिए।२ देवदह ५ को पानबारीमा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य निर्मला देवी थारुले आदिवासी जनजातिहरु पहुँच नहुदा पछाडी परेको बताउनुभयो । आदिवासी जनजातिको हक अधिकार सुनिश्चितता र क्षमता विकासाका लागि राज्यले लगानी गर्नुपर्ने उहाँको भनाई थियो।

सोहि अवसरमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख विद्या लक्ष्मी गुरुङले आदिवासी जनजातिहरु सामाजिक राजनीतिक चेतनामा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सह-अध्यक्ष दल बहादुर बिरकट्टा, नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् रुपन्देहीका उपाध्यक्ष इन्द्र राई, देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोहन बहादुर जिसि, जित बहादुर पाइजा, नेपाली काङ्ग्रेस देवदहका नगर अध्यक्ष गुणाखर भूर्तेल, नेवा: पुच देवदहका अध्यक्ष कुशलराज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा जेष्ठ नागरिक देवदह ५ निवासी १०४ वर्षीय तिलिसरा थापा जेहेन्दार विद्यार्थींं, पत्रकार, कर्मचारीलाई समेत सम्मान गरिएको थियो।कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ देवदह समन्वय परिषद्का अध्यक्ष मिना श्रेष्ठको अध्यक्षता, नेपाल मगर संघका देवदह नगर अध्यक्ष मन बहादुर थापाको स्वागत र सह-सचीव बिनोद गुरुङको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img