बुटवल । कपिलवस्तुमा फुटबल खेलेर खोलामा नुहाउन गएका दुई जना किशोरको डुबेर मृत्यु भएको छ ।
कपिलवस्तुकाे बाणगंगा नगरपालिका वार्ड नं. – ८ ढोडेकोलका दुई युवकको डुबेर शनिबार मृत्यु भएको हो ।
मोर्मी स्थित कोइलीखोलामा नुहाउन गएका ढोडेकोलका ठाकुर भण्डारीका १५ वर्षका छोरा प्रतीक र सोही ठाउँ बस्ने कृष्ण सापकोटाका १६ वर्षीया सरोज सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिए ।
साथीहरुसँग नजिकै फुटबल खेलेर गर्मी भएपछि नुहाउन खोलामा गएको स्थानीयले बताएका छन् ।
शनिबार दिउँसो साढे ३ बजेतिर नुहाउने क्रममा हराएका दुइजना पछि स्थानीय र प्रहरी मिलेर एक घण्टापछि दुवै जनालाई फेला पारेर पिपरा अस्पताल पुर्याइएपछि उनीहरुलाई मृत घोषणा गरिएको थियो ।