देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित सगरमाथा आवासीय मा.विमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले कक्षा आठमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र अध्यापन गराउनुहुने शिक्षकहहरु विच अन्तरक्रिया गरेको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कक्षा ८ मा नगरपालिका स्तरीय परीक्षाहुने भएकाले विद्यालय र घरमा उनीहरुको पठन पाठनको विशेष निगरानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
विद्यार्थीको सिकाइप्रक्रियामा घरको वातावरण अनुकूल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा कक्षा शिक्षकहरु खेम बहादुर आले र यतिन क्षेत्रीले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टिगत विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको वृद्धि गर्न विषेश ध्यानदिनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा ५० बढी अभिभावकहरु उपस्तिथि रहेको थियो।
कार्यक्रम विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह–प्राचार्य प्रदिप अधिकारीेको सञ्चालनमा सम्पन्न भएको थियो ।