spot_img
spot_img
spot_img

लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन उपप्रधान तथा अर्थमन्त्री पौडेलद्धारा शिलान्यास

spot_img

बुटवल । रूपन्देहीकाे बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालकाे अत्याधुनिक भवन नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद  पौडेलद्धारा शिलान्यास भएकाे छ । भवनकाे शिलान्यास संगै निर्माण प्रक्रिया सुरू भएको छ।

तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले तयार गरेको गुरुयोजना अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले भवन निर्माणका लागि शिलान्यास गरेकाे हो।

लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीको स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास सुरु भएको थियो।

२०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने प्रक्रिया थालेको थियो। लुम्बिनी प्रदेशका बिरामी बिशेषज्ञ उपचार सेवा लिन काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय श्ययाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो। प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक बर्षमा एक अर्ब ८० करोड बजेट समेत बिनियोजन गरेको छ।

प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा प्राथमिकतामा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गरेका हुन।

अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ।

लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो।

सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए।

भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ ९जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम सम्पन्न भइसकेको छ। कूल ७८५ वटा पाइलिङ गर्नु पर्नेमा ४९० पाइलिङ सम्पन्न भएको छ। वरीपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने छ। हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको छ।

अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार अत्याधुनिक भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन्। भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ। क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ।

नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ।

अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई सेवा प्रारम्भ गरेमा बुटवल स्वास्थ्यको हबको रुपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img