देवदह // रुपन्देहीको देवदहमा ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “बालबालिकामा लगानिः सुनिश्चित भविष्यको थालनी” शिर्षकमा भएको उक्त प्रतियोगितामा १२५ अंक सहित सेभेन स्टार ई.बो. स्कुलको छात्रा आकृती चौधरी प्रथम हुन सफल भएकी छिन् ।
त्यसैगरी प्रतियाेगितामा ११८ अंक सहित मदरल्याण्ड एकेडेमीको प्रेरणा न्यौपाने द्वितिय, ११७ अंक सहित देवदह ई.बो. स्कुलको प्रशान्त देवकोटा तृतीय स्थान एवम् ११५ अंक सहित न्यू लुम्बिनी ई.बो. स्कुलको खुसी घर्ती मगरले सान्त्वना स्थान हासिल गरेकी थिइन् । १५० पुर्णाक राखिएकाे प्रतियाेगितामा २५ विद्यालय सहभागी भएका थिए। वक्तृत्वकला प्रतियाेगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने प्रतियाेगिहरूले क्रमश १० हजार ५ हजार, ३ हजार र २ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगिताको साहित्यकार दलबहादुर गुरुङ, गंगा पोखरेल र कपिल ढकालले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख खरेलले यस प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न मद्द्त गर्ने बताउनुभयो । उहाले विद्यार्थीले आफ्नो क्षेमता अनुसार प्रतिभा प्रस्तुत गरेको र आगामी दिनहरूमा समेत विद्यार्थी लक्ष्यित कार्यक्रमहरुलाई देवदह नगरपालिकाले प्राथमिकता दिने बताउनुभयो ।
कार्यक्रम देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, देवदह नगरपालिकाका नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ को स्वागत र देवदह नगरपालिकाको शिक्षा शाखा अधिकृत प्रशुराम ढकालको सञ्चालनमा सम्पन्न भएको थियो।