spot_img
spot_img
spot_img

फोहोर व्यवस्थापन नगरेको भन्दै स्थानीयले फाले देवदह नगरपालिकाको कार्यालय अगाडी फोहोर

spot_img

देवदह । देवदह नगरपालिकाको कार्यालय अगाडी स्थानीयले फोहोर फालेका छन् । नगरपालिकाले लामो समयदेखि फोहोर व्यवस्थापन नगरेको भन्दै स्वतन्त्र आवाज देवदहको समूहले १ टेक्टर फोहोर नगरपालिका अगाडी फालेको हो।

पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको र दुई महिनादेखि फोहोर व्यवस्थापन नगरिदा दिनप्रतिदिन दुर्गन्ध फैलिएको र स्थानीयले समेत व्यापक जन गुनासो गरेपछि फोहोर फालेर दबाब दिन बाध्य भएको स्वतन्त्र आवाज देवदहका अभियान्ता प्रेम थापा मगरले बताए।

देवदह नगरपालिकाकाले भने फोहोर व्यवस्थापनका लागि काम भैरहेको र ३,४ दिन भित्रै समस्या समाधान हुने बताएको छ। देवदह -५ मा रहेको डम्पिङ साइटमा दीर्घकालीन रुपमा व्यवस्थापनको लागि संरचना निर्माणको काम भैरहेको र निर्माणकार्य सकिन साथ फोहोर व्यवस्थापनको काम सुरु हुने शाखा अधिकृत रमेश गिरिले बताउनुभयो ।

देवदह -५ स्थित बुद्द सामुदायिक वन क्षेत्रमा देवदहबाट उत्पादन हुने फोहोर डम्पिङ गरिदै आएकोमा पछिल्लो समय स्थानीयले असुरक्षित र अव्यवस्थित भएको भन्दै फोहोर फाल्न नदिदा २ महिनादेखि देवदहमा फोहोर उठ्न सकेको छैन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img