spot_img
spot_img
spot_img

मुख्यमन्त्रीले दिए लुम्बिनी भ्रमणको निम्तो

spot_img

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गर्नु भएको छ । दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले `लुम्बिनी घुमाैं´ अभियानलाई व्यापक बनाउने उद्घाेष गर्नु भयाे ।

`म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशकाे एक पटक अवश्य भ्रमण गराैं´उहाँले भन्नुभयाे-`लुम्बिनी प्रदेश पर्यटनकाे केन्द्र हाे । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालकाे रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु ।´लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने बताउनु भयाे ।`लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाकाे भ्रमण गराउनेगरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ´उहाँले भन्नुभयाे-`विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ ।´ प्राकृति रुपमा लुम्बिनी समृद्ध रहेकाे र यसबाट विकासकाे आधार निर्माण गरिने बताउनु भयाे ।`लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनकाे प्रचुर सम्भावना छ´उहाँले भन्नुभयाे-`विभित्र जातजाति, समुदायकाे कला संस्कृतिले लुम्बिनीकाे पहिचान विश्व समुदायमा पुगेकाे छ।´लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएकाे छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घाेराही उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा ४५ औं पर्यटन दिवस घाेराहीमा मनाइएको हाे ।

पर्यटन, न्याय र शान्ति मुल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम भएको थियाे । कार्यक्रममा घाेराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनकाे विकास बाट समृद्धी हासिल गर्न सकिने प्रसस्त आधारहरु रहेकाे बताउनु भयाे ।`पर्यटन दिवसले राेजगारीकाे अवसर सृजना गर्छ । स्थानीय उत्पादनकाे बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ´उहाँले भन्नुभयाे-`पर्यटन समृद्धिकाे आधार हाे । यहाँका नागरिककाे जीविकोपार्जन गर्न अवसरहरु सृजना गर्दछ ।´

थरिथरि झाँकी र रैथाने परिकारकाे उत्सव

पर्यटन दिवसलाइ विभिन्न समुदायकाे झाकि, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भब्य बनाइएकाे छ ।गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गि धुन, अवधी संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवारी समुदायकाे लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए । पाल्पा मिस्दी गाउँपालिकाकाे कोरा नाच, घाेराही-१० काे थारु समुदायकाे वडका नाच, लुकमेली खाम समाजकाे भुम्या नाच, घाेराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटाेका भाँडा, फलामका सामाग्री प्रदर्शनीमा राखिएको थियाे ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img