spot_img
spot_img
spot_img

कोलिय देवदह साकोसको सेवा केन्द्र स्तरीय १९ औं बार्षिक साधारण सभा शुरु

spot_img

देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र स्तरीय १९ औं बार्षिक साधारण सभा शुरु गरेको छ । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले पहिलो चरणमा खैरेनी सेवा केन्द्र, शितलनगर सेवा केन्द्र र घोडाहा सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

१८ हजार १ सय ७७ जना शेयर सदस्य रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले बार्षिक रुपमा १ अरव ५२ करोड ३४ लाख २९ हजार बरावरको कारोवार गरेको जनाएको छ । सहकारीले बार्षिक सभामा भावी योजनाको वारेमा जानकारी दिदै आर्थिक बर्ष २०८१/०८२ मा १ हजार ८ सय शेयर सदस्य बृद्धिगर्ने लक्ष्य लिएको छ । यसैगरी आर्थिक बर्ष २०८१/०८२ मा ६ करोड ९० लाख पुजी बृद्धि गर्ने लक्ष्य लिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिनु भयो ।

कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था घोडाहा सेवा केन्द्रको साधारण सभालाई सम्बोधन गर्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक रहेको औल्याउनु भयो । सहकारी संस्थाको सल्लाहकार समेत रहनु भएका खरेलले उत्पादन बृद्धि विना समृद्ध राष्ट्र निर्माण गर्न नसकिने बताउदै सहकारीहरुले शेयर सदस्यहरुलाई ज्ञान र सीप प्रदान गरी उद्यमी बनाउनु पर्नेमा जोड दिनु भयो । उहाले पछिल्लो समय सहकारीहरुमा समस्य देखिएकाले देवदह नगरपालिकाले सहकारी संस्थाहरुको अनुगमनलाई तिव्रता दिएको बताउनु भयो । उहाले आमनागरिकले बचत गरेको रकमको सहकारीहरुले सुरक्षा प्रदान गर्नुपर्ने बताउदै सहकारीहरुले आफना शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनु भयो । उहाले यस क्षेत्रमा रहेका एउटै प्रकृतिका सहकारीहरु वीच एकिकरण गरेर जान आवश्यक रहेको बताउनु भयो ।

घोडाहा सेवा केन्द्रका संयोजक खैराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष जयकिशन अधिकारी, संस्थाका सचिव कृष्णराज पौडेल, सल्लाहकार रुका सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । विष्णु भट्टराईको स्वागत र खिमकली न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी शितलनगर सेवा केन्द्रको बार्षिक साधारण सभा समेत सम्पन्न भएको छ । शितलनगर सेवा केन्द्रका संयोजक ताराप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष कृष्णप्रसाद पौडेल, संस्थाका कोषाध्यक्ष हरि भण्डारी, सल्लाहकार विष्णुप्रसाद पौडेल, शेयर सदस्य देउप्रकाश राई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्रका संचालक सदस्य रीता थापाको स्वागत र सहव्यवस्थापक बुद्धिसाग अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी खैरेनी सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । खैरेनी सेवा केन्द्रका सयोजक पार्वती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक सुवकान्त न्यौपाने, संस्थाका अध्यक्ष ऋषिराम सापकोटा, सल्लाहकार प्रकाश अर्याल, सल्लाहकार ईश्वरी ढुंगाना, पुर्व लेखा संयोजक गणेश डुम्रे, पुर्व सचिव हरिप्रसाद पाण्डे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभाको अवसरमा स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । खैरेनी सेवा केन्द्र र शितलनगर सेवा केन्द्रमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा रेसुङ्गा स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोगमा मधुमेश, उच्च रक्तचापको परिक्षण गरिएको थियो । तिन वटै सेवा केन्द्रको बार्षिक साधारण सभामा जेष्ठ शेयर सदस्यहरुलाई नगद सहीत सम्मान गरिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिनु भयो । संचालक हिरादेवी चापागाईको स्वागत र व्यवस्थापक विनोद परालुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img