spot_img
spot_img
spot_img

प्रथम बुद्ध मावली क्रिकेट कप हुदै, ट्रफी र जर्सी सार्वजनिक

spot_img

देवदह । रुपन्देहीको देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ हुने भएको छ । देवदह- ५ मा रहेको बुद्ध समुदाय युवा क्लवले यहि असोज १७ गते देखि उक्त प्रतियोगिता शुरु गर्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेल पानबारी खेल मैदानमा हुने आयोजकले जनाएको छ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध समुदाय युवा क्लवले ट्रफी र जर्सी पनि सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका सह- सचिव दिपशिखा खत्रीले युवाहरुलाई लक्षित गर्दै क्रिकेटको माध्यमबाट वडा, समाज, क्षेत्र, जिल्ला गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी राष्ट्र‌को गरिमालाई थप उचाईमा पुन्याउने उद्देश्य सहित प्रतियोगिता आयोजना गरेको बताउनुभयो । उहाले खेलका नियमहरु बताउदै खेलहरु नक आउट नियमबाट खेलाइने र खेल टेनिस बलले १६ ओभरको खेलाइने बताउनुभयो । तर फाईनल खेल भने २० ओभरको हुने छ । त्यस्तै प्रतियोगितामा LBW Out हुने छैन । अरु नियमहरु ICC को नियम अनुसार खेलाइने उहाले बताउनुभयो ।

सोही अवसरमा बोल्दै प्रतियोगिताका प्रमुख प्रायोजक काठमाडौं क्यापिटल्सका टिम म्यानेजर नवीन ढकालले समुदाय स्तरमा रहेको क्लबले युवाहरूलाई लक्षित गर्दै महत्त्वपूर्ण प्रतियोगिता आयोजना गरेको र त्यसमा आफुहरुले पनि सहयोग गर्न पाउँदा खुसी भएको बताउनुभयो । उहाले प्रतियोगिताले खेलाडीहरु बिच एक आपसमा भातृत्वको सम्बन्ध कायम हुने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा सह प्रायोजक आईजेएस जापानीज ईन्स्टिच्युटका प्रतिनिधि मोनिका खनाल, क्लबका कोषाध्यक्ष अंकिता भण्डारी लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

प्रतियोगिता सम्पन्न गर्न २ लाख ५२ हजार रुपैयाँको अनुमानित खर्च हुने आयोजक संस्थाका सल्लाहकार गोपाल भणडारीले बताउनुभयो । प्रतियोगिता पानबारी खेल मैदान, देवदह मा.विको खेल मैदान र बुद्ध दिप खेल मैदानमा खेल खेलाइने उहाले बताउनुभयो । प्रतियोगितामा रुपन्देही सहित कपिलवस्तु, नवलपरासी, पाल्पाका जिल्लाका खेलाडीहरु सहभागी हुने जनाईएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । व्यक्तिगततर्फ म्यान अफ द सिरिजले ४ हजार, बेस्ट ब्याट्समेनले २ हजार ५ सय, बेस्ट बलरले २ हजार ५ सय रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगितामा श्री बुद्ध सामुदायिक वन उपभोक्ता समूह सह-प्रायोजक, दुर्गा नगर टोल विकास संस्था सह आयोजक र विभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएको आयोजकले जानेको छ । टिम दर्ता गर्ने अन्तिम मिति यहि असोज १५ गते सम्म रहेको आयोजकले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img