spot_img
spot_img
spot_img

देवदहमा सञ्चालनमा आयो इन्टेक लाउन्जबार एण्ड होटल

spot_img

देवदह । इन्टेक लाउन्जबार एण्ड होटल देवदहको खैरेनीमा औपचारिक रुपमा सञ्चालन भएको छ । देवदहमा लोकप्रिय रहेको ” इनटेक रेष्टुरेन्ट” ले थप सुविधा र व्यवस्थापन सहित इनटेक लौन्जबार एण्ड होटलको सेवा सुरु गरेको हो । होटलको शुक्रबार एक कार्यक्रम बिच देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले उद्घाटन गर्नुभएको हो ।

इन्टेक रेस्टुरेन्ट एण्ड बार विगत लामो समय देखि देवदह – ७ मिलनचोकमा देवदहबासी सहित अन्य क्षेत्रका ग्राहक र विशेष गरी युवाबर्गहरुको रोजाईको केन्द्र बनेको थियोे ।
ग्राहकहरूको मायाको अपार सफलताको कारणले करिब ६० लाखको लगानीमा देवदह ५ खैरेनीमा पुरानो डिभाइन होटेल रहेको भवनमा सञ्चालनमा ल्याएको इन्टेक लाउन्जबार एण्ड होटलका सञ्चालक बिक्रम भुषालले बताउनुभयो ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदह नगरपालिकामा हरेक कार्यक्रम हुँदा आउने पाहुनालाई बुटवल सिफ्ट गर्नुपर्ने बाध्यता रहेकोे बताउँदै यस क्षेत्रमा रहेका हरेक होटलले देवदहमा आउने पाहुनालाई आतिथ्यता प्रदान गर्दा खाद्य गुणस्तरमा विशेष ध्यान, स्वादिलो परिकारहरू र मुस्कान सहितको सेवा दिन आग्रह समेत गर्नुभयो ।

यस होटलमा आफ्ना परिवारहरूसँग रमाउनका लागि पारिवारिक वातावरणका साथ फेमिली रेस्टुरेन्ट, साथीभाइहरूसँग रमाउनका लागि रेस्टुरेन्ट एण्ड बारको व्यवस्था र विभिन्न कार्यक्रमहरू गर्नका लागि सुविधा सम्पन्न हलको व्यवस्था तथा बास बस्नका लागि आरामदाई तथा सुविधा सम्पन्न एसीसहितको १२ वटा डिलक्स रूमको व्यवस्था रहेको इन्टेक लन्ज बार एन्ड होटलका सञ्चालक बिक्रम भुसालले बताउनुभयो ।

उद्घाटन समारोहमा देवदह व्यापार सङ्घका अध्यक्ष कोषबहादुर गुरुङ, लायन्स क्लब अफ देवदह युनाइटेडका संस्थापक अध्यक्ष माधव आचार्य, संस्थापक सचिव अर्जुनकुमार गुरुङ, रोट्र्याक क्लब अफ तिलोतामा देवदहका अध्यक्ष सन्दीप पौडेल, समाजसेवी रोशन खड्का, विपिन बिक, मधु श्रेष्ठ, प्रकाश खनाल, टिकाराम चापागाईं र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img