spot_img
spot_img
spot_img

देवदह नगर वडा स्तरीय लिग क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ८ लाई

spot_img

देवदह । रुपन्देहीको देवदहमा जारी नगर वडा स्तरीय लिग क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ८ ले जितेको छ । देवदह क्रिकेट युनिटको आयोजनामा देवदह क्रिकेट युनिटको खेलमैदानमा भएको फाईनल खेलमा वडा नं ६ लाई ४४ रनले पराजित गर्दै वडा नं ८ ले उपाधि जितेको हो । कार्तिक ९ गते बाट सुरु भएको यस प्रतियोगितामा १२ टिमहरुको सहभागिता रहेकाे थियाे ।

बिहिबार सम्पन्न फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नं ८ ले २० ओभरमा ६ विकेट गुमाउदै ११४ रन बनाए । टिमका लागि प्रकाश भण्डारीले ५३ रन, संकेत भट्टराईले २१ रन,  बनाए । बलिङतर्फ अर्जुन रायमाझीले ३ विकेट, कमल जैसीले १ विकेट लिए ।

११५ रनको लक्ष पच्छ्याएको वडा नं ६ ले १५ ओभर ३ बलमा  आफ्नो सबै विकेट गुमाउदै ७१ रनमा सिमित भयो । टिमका लागि कमल जैसीले १९ रन, क्याप्टेन प्रेम भुर्तेलले १० रन बनाए । बलिङतर्फ वडा नं ८ का संकेत भट्टराईले ४ विकेट, दिपक भण्डारी र सुवास भण्डारीले २-२ विकेट लिए । उक्त  खेलको म्यान अफ दि म्याच प्रकाश भण्डारी घोषित भएका थिए।

उपाधि बिजेता देवदह नगरपालिका वडा नं ८ ले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उप विजेता बनेको वडा नं ६ ले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र  प्राप्त गरेको छ।

सोही अवसरमा देवदह क्रिकेट ईहिहासका प्रथम पुस्ताका खेलाडीहरुलाई खादा र कदरपत्रले सम्मान गरिएको खेलाडी सम्मान कार्यक्रमका संयोजक तथा डिसियुका पुर्व अध्यक्ष रबि बल्लभ रेग्मीले बताउनुभयो ।

विजेता र उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेय, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, जनप्रतिनिधिहरु लगाएतले पुरस्कार प्रदान गरेका थिए।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै, प्रमुख अतिथि नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदह नगरका युवाहरुले पनि खेल क्षेत्रमै आफ्नो सुनौलो भविस्य देख्न सक्ने वातावरण तयार गर्ने गरि कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाले खेलकुदलाई व्यवसायीक माध्यमबाट अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । उहाले खेलाडी र खेलको व्यवस्थापन गर्न  देवदह नगरपालिका सहकार्य गरेर अगाडि  बढ्ने कुरामा प्रतिवद्ध रहेको बताउनुभयो ।

साथै, प्रतियोगिताका उत्कृष्ट खेलाडी संगै उत्कृष्ट बलर संकेत भट्टराई घोषित भएका थिए । त्यस्तै प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान प्रकाश भण्डारी घोषित भएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img