spot_img
spot_img
spot_img

प्रथम छात्र/छात्रा ईप्सा भलिबल कप: दुवै तर्फको उपाधी बुद्ध पब्लिकलाई

spot_img

देवदह // रुपन्देहीको देवदहमा भएको प्रथम छात्र/छात्रा ईप्सा भलिवल कपको उपाधी देवदह बुद्ध पव्लिकले हात पारेको छ । पुर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदहको आयोजनामा भएको छात्र तर्फको प्रतियोगिता अन्र्तगत भएको फाईनल खेलमा एशियन लाईट बोडिङ्ग स्कुललाई सोझो सेटमा हराउदै बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले उपाधी हात पारेको हो ।

प्रथम छात्र/छात्रा ईप्सा भलिवल कपमा प्रथम हुदै देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । फाईनल खेलमा २५–११, २५–१० को सोझो सेटमा एशियनलाईट बोडिङ्ग स्कुललाई हराएको हो । प्रतियोगितामा उपविजेता बनेको एशियनलाई बोडिङ्ग स्कुलले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ ।

पहिलो सेमिफाईनल खेलमा देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले देवदह बोडिङ्ग स्कुललाई सोझो सेटमा हराउदै फाईनलमा प्रवेश गरेको थियो । यसैगरी दोश्रो सेमिफाईनल खेलमा एशियनलाई बोडिङ्ग स्कुलले सोझो सेटमा सगरमाथा आवासीय माध्यमिक विद्यालयलाई हराउदै फाईनलमा प्रवेश गरेको थियो ।

छात्र तर्फ भएको खेलमा देवदह बोडिङ्ग स्कुल र सगरमाथा आवासीय माध्यमिक विद्यालय तृतिय हुदै दुवै टिमले नगद ५/५ हजार, ट्रफी र मेडल प्राप्त गरेको खेल संयोजक कृष्णप्रसाद गैरेले जानकारी दिनु भयो ।

यसैगरी छात्रा तर्फ भएको खेलमा बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । फाईनल खेलमा देवदह बोडिङ्ग स्कुललाई हराउदै बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय प्रथम भएको हो । प्रतियोगितामा प्रथम हुदै बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेता बनेको देवदह बोडिङ्ग स्कुलले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । खेलमा न्यू लुम्विनी बोडिङ्ग स्कुल र मदरल्याण एकेडेमी तृतिय हुदै समान नगद ५/५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा विजेता टिमलाई देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, ईप्साका अध्यक्ष रामबहादुर गुरुङ्ग, सल्लाहकार कृष्णप्रसाद पौडेल, विष्णुप्रसाद पौडेल, बोधराज गौडेलले पुरस्कार प्रदान गरेका थिए । ईप्सा रुपन्देहीका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षता, सचिव विनोद थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img