spot_img
spot_img
spot_img

न्यू नमुनामा दीक्षान्त समारोह सम्पन्न

spot_img

रूपन्देहीको देवदह -९ भलुहिमा अवस्थित न्यु नमुना माध्यमिक विद्यालयमा स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ। आइतबार एक कार्यक्रमबीच विद्यालयका १९ जना छात्र र २१ छात्रालाई दीक्षित गरिएको विद्यालयका सूचना अधिकारी हेमराज चालिसेले जानकारी दिए ।

दीक्षान्त समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिकाका पुर्व मेयर हिरा बहादुर खत्रीले विद्यार्थीले पढाइ सँगसँगै जनचेतनामूलक र सामाजिक कार्यमा पनि लाग्नुपर्ने बताउनुभयो ।

सोही अवसरम विद्यार्थीहरूलाई दीक्षित गराउँदै देवदह नगरपालिकाका प्रमुख आयुक्त विकास गहतराजले स्काउटको माध्यमबाट विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा लागि व्याक्तित्व विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रम विद्यालयका प्राचार्य चुराबहादुर थापाको अध्यक्षता, विद्यालयका सह प्राचार्य लक्ष्मी पुन अधिकारीको स्वागत, देवदह नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनबहादुर जिसी, विद्यालय व्यवस्थान समितिका सदस्य, कोलिय इङलिस बोर्डिङ स्कुलका स्काउट शिक्षक दिलमाया शर्मा, स्काउट मास्टर पुष्पा पुन लगायतको सहभागीता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img