spot_img
spot_img
spot_img

विद्युत प्राधिकरणमा नयाँ नेतृत्व: घिसिङ गए, शाक्य आए

spot_img

नेपाल विद्युत प्राधिकरणमा झट्का: कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त, हितेन्द्र देव शाक्य नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो। घिसिङको ठाउँमा हितेन्द्र देव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको छ।

घिसिङलाई सन् २०७८ साउन २५ गते मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुख नियुक्त गरेको थियो। उनको दोस्रो कार्यकाल पुरा नहुँदै सरकारले उनको कार्यकाल समाप्त गर्दै बर्खास्त गरेको छ।

घिसिङ डेडिकेटेड र ट्रंक लाइनको विवादमा परेका थिए। उनले उद्योगहरूलाई विद्युत् आपूर्ति गर्ने डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै उद्योगहरूको लाइन काट्ने निर्णय गरेका थिए। यसले उद्योग जगत र सरकारबीच तनाव बढेको थियो। पछि केपी शर्मा ओली नेतृत्वको सरकारले उद्योगहरूको लाइन पुनः जोड्ने आदेश दिएको थियो।

ऊर्जा मन्त्रालयको प्रस्ताव अनुसार हितेन्द्र देव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको छ। सरकारले घिसिङलाई बर्खास्त गर्दै शाक्यको नियुक्तिलाई मञ्जुरी दिएको छ। यसरी, विद्युत् क्षेत्रमा नेतृत्व परिवर्तन भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img