spot_img
spot_img
spot_img

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

spot_img

देवदह । रुपन्देहीको देवदह-६ स्थित युगज्योति माध्यमिक विद्यालयमा चमेनागृह भवनको शिलान्यास गरिएको छ। बुधबार विद्यालय परिसरमा आयोजित विशेष समारोहका बीच लुम्बिनी प्रदेश सभा सदस्य माननीय जनकी न्यौपानेले भवनको शिलान्यास गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै सांसद न्यौपानेले विद्यालयका लागि केही गर्ने सोच विगतदेखि नै रहेको उल्लेख गर्नुभयो। हाल जनप्रतिनिधिका रूपमा विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै चमेना गृहको उचित व्यवस्थापन तथा भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो। उहाँले निम्न वर्गका विद्यार्थीहरू अध्ययन गर्ने भएकाले विद्यालयलाई सहयोग गर्नु समाजका सबै पक्षको जिम्मेवारी रहेको बताउँदै, सबैको सहकार्यले मात्र विद्यालयलाई नमुना बनाउन सकिने कुरामा जोड दिनुभयो।

उक्त क्यान्टिन भवन दिभ्याम बिल्डर्स प्रा.लि. ले निर्माण गर्नेछ। भवन निर्माणको ठेक्का सम्झौता रकम (मु.अ.क) रु. ११ लाख २६ हजार ३ सय ८४.७८ रहेको छ। ठेक्का सम्झौता मिति २०८१ माघ २३ रहेको छ भने निर्माण कार्य २०८२ वैशाख १५ भित्र सम्पन्न गरिसक्नुपर्नेछ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष खेम बहादुर थापा, वडा सदस्य देवी न्यौपाने, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, विद्यालयका सहायक प्रधानाध्यापक हरी भण्डारी लगायत समाजसेवी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img