देवदह । देवदहमा आयोजित कविता कन्सर्टमा नवराज पराजुलीका कविता गुन्जिएपछि माहोल भावुक बनेको थियो। जब कवि पराजुलीले आफ्ना कविता वाचन गर्न थाले, हलमा दर्शकहरूको उपस्थिति झन् बढ्यो। उनले आफ्नो विशिष्ट शैली र मधुर स्वरमा “ह्याप्पी बर्थडे,” “तिमी उसको हुनु,” “कथामा भेटौंला,” “रुख” जस्ता चर्चित कविताहरू सुनाउँदा दर्शकहरू मन्त्रमुग्ध भए। उनका शब्दहरूले उपस्थितहरूको मन छोएर कतिपयको आँखा रसाएको दृश्य निकै भावनात्मक थियो।
अनुराग साहित्य समाज नेपालको आयोजना र देवदह नगरपालिकाको सहयोगमा देवदह-५ स्थित पाठक फुडल्याण्डमा आयोजना गरेको उक्त कविता कन्सर्टमा युवा पुस्ताका आकर्षण पराजुलीले कहिले दर्शकलाई भावुक बनाएका थिए भने कहिले तालीको गडगडाहटले हल गुन्जायमान बनेको थियो।
चौथो अधिवेशन सम्पन्न
अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले सरस्वती वस्यालको अध्यक्षतामा नया समिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा शिवप्रसाद काप्mले, सचिवमा अनन्तराम भण्डारी, सहसचिवमा दलबहादुर विक, कोषाध्यक्षमा रीता पराजुली रहनु भएको छ । यसैगरी सदस्यहरुमा जानुका लम्साल, भगवती शर्मा तिवारी, मधु भण्डारी, पुजा ढुंगाना, मिनप्रसाद भट्टराई चयन हुनु भएको संस्थाका संस्थापक अध्यक्ष निर्मल ढुंगानाले जानकारी दिनु भयो ।
अनुराग साहित्य समाज नेपालका अध्यक्ष यमलाल अर्यालको अध्यक्षता र देवदह नगरपालिकाका कार्यवहाक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा नरेन्द्र अनुराग पुरस्कारबाट २०७९ बाट साहित्यकार सरस्वती तिमिल्सिेना र २०८० बाट साहित्यकार वनमाली निराकारलाई नगद सहित सम्मान गरिएको थियो । यसैगरी देवदहमा रहेर कविता सृजना गरी राष्ट्रिय रुपमा कविताबाटै पुरस्कृत हुनु भएका साहित्यकार यज्ञप्रसाद न्यौपानेलाई कविता रत्न सम्मान–२०८१ प्रदान गरिएको छ । त्यसैगरी मुकेश ज्ञवालीलाई अनुराग गौरव सम्मानबाट पुरस्कृत गरिएको छ ।
सञ्चारको क्षेत्रबाट संस्थाको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पुर्याए बापत रेडियो देवदहका निमित्त स्टेशन म्यानेजर गोविन्द घर्ती र पत्रकार कमला अर्याललाई सम्मान गरिएको छ । यसैगरी कार्यसम्पादनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाका सचिव शिवप्रसाद काफ्ले र सदस्य रीता पराजुलीलाई सम्मान गरिएको छ । कार्यक्रममा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, संस्थाका संस्थापक अध्यक्ष निर्मल ढुंगाना, निर्वाचित जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो । संमाजका बरिष्ठ उपाध्यक्ष सरस्वती वस्यालको स्वागत र सचिव शिवप्रसाद काप्mलेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।