spot_img
spot_img
spot_img

देवदहमा कक्षा ८ को परीक्षा नतिजा सार्वजनिक, ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

spot_img

देवदह । रुपन्देहीको देवदह नगरपालिकाले फागुन २५ देखि चैत्र ५ गतेसम्म सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कक्षा ८ को परीक्षा संञ्चालन तथा व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा पालिकाभरीका १४७४ जना विद्यार्थी सहभागी भएका थिए, जसमा ९५८ जना (६६.०४ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभरीका जम्मा ३१ वटा आधारभुत विद्यालयहरुले बार्षिक परीक्षामा सहभागिता जनाएको नगर शिक्षा अधिकृत पर्शुराम ढकाले जानकारी दिनुभयो । नगर परीक्षा समितिले अधिकतम तीन विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीलाई ग्रेड वृद्धि अवसरस्वरूप मौका परीक्षा दिने व्यवस्था गरेको छ। परीक्षा समितिका अनुसार, उक्त मौका परीक्षा चैत २५, २६ र २७ गते सञ्चालन गरिनेछ।

यसैगरी, प्रकाशित नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरूले तोकिएको राजस्व बुझाई पुनर्योग गराउन सक्नेछन्। त्यसका लागि विद्यालयको सिफारिससहित विद्यार्थीहरूले चैत १९ गतेभित्र देवदह नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिनुपर्नेछ। उक्त परिक्षामा ४ जना विद्यार्थीले ४ जि पि ए प्राप्त गरेका छन्। जसमा देवदह माविका निष्मा सुनार, महामाया भवानी माविका सुसन भण्डारी, ग्रीनप्लान्ट ईङ्लिस बोर्डिङ स्कुलका अंकित अर्याल र न्यू लु्म्बिनी ईङ्लिस बोर्डिङ स्कुलका कुशुम रेश्मी रहेका छन् ।

न्यू लुम्बिनी इंग्लिस बोर्डिङ स्कुल र कामधेनु संस्कृत गुरुकुलमले यस वर्षको आधारभूत तह (कक्षा ८) को परीक्षामा सतप्रतिशत सफलता हासिल गरेका छन्। प्रकाशित नतिजा अनुसार, न्यू लुम्बिनी इंग्लिस बोर्डिङ स्कुलबाट २६ जना विद्यार्थी तथा पहिलो पटक सहभागी गुरुकुलमबाट ६ जना विद्यार्थी परीक्षा दिएका थिए, जसमा सबै उत्तीर्ण भएका छन्। गत वर्ष पनि न्यू लुम्बिनीले सतप्रतिशत नतिजा ल्याउन सफल भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
2
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img