spot_img
spot_img
spot_img

देवदहमा लागुऔषध र अटिज्मसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

spot_img

देवदह— अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा लायन्स क्लब अफ देवदह युनाइटेडले देवदह १ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन तथा अटिज्मसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको  छ। कार्यक्रम क्लबका अध्यक्ष गणेश सापकोटाको अध्यक्षतामा तथा लायन डिस्ट्रीक्ट ३२५ पनि का गभर्नर पि.एम.जे.एफ. बालाराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रहरी सहायक निरीक्षक ध्रुवकुमार कुँवर र केरवानी स्वास्थ्य चौकीका इन्चार्ज काशीराम रेग्मीले सहजीकरण गरेका थिए। सो अवसरमा १२५ जना विद्यार्थी र ४५ जना अभिभावकको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालमन यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमा  देवदह–१ का वडा अध्यक्ष दिपक नेपाल, युथ इम्पावरमेन्ट मेम्बर सुरेन्द्र रेग्मी, इन्भायरमेन्ट मेम्बर  विष्णु प्रसाद पौडेल लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष टिकाराम चापागाई, बोर्ड सदस्य बिक्रम पौडेल, बिजय बाहादुर क्षेत्रीको सहयोगी उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रविण गौडेलले गरेका थिए।

माला, खादा र मायाको चिनोमा खर्च हुने रकम बचत गरी विद्यालयलाई सरसफाइ सामग्री वितरण गरिएको क्लबका बोर्ड सदस्य खिलराज (कृष्ण) पाठकले जानकारी दिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
1
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
1
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img