spot_img
spot_img
spot_img

ग्रासरुट क्रिकेटको उत्सव: डिपिएल २०८२ टिम दर्ता सुरु

spot_img

सुरज भट्टराई, देवदह । देवदहमा दोस्रो संस्करणको देवदह प्रिमियर लिग (डिपीएल) २०८२ आउँदो असोज १७ गतेदेखि सुरु हुने भएको छ । क्रिकेट युद्धको नारासहित हुने यो प्रतियोगिता देवदहका युवाबीच लोकप्रिय हुँदै गएको क्रिकेटको माध्यमबाट खेल क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

देवदह परम्परागत इनडोर तथा स्थानीय स्तरका खेलकुद गतिविधिका लागि चिनिँदै आएको छ । यहाँ विभिन्न समयमा ड्युज र विशेष गरी टेनिस प्रतियोगिता लगातार सञ्चालन हुँदै आएका छन् । वडा स्तरीयदेखि नगरस्तरका टेनिस खेलहरू, विद्यालय तथा युवा क्लबहरूद्वारा सञ्चालन भएका प्रतियोगिताहरूले देवदहमा टेनिस क्रिकेट निकै लोकप्रिय बन्दै आएको छ ।

पछिल्लो समय क्रिकेटप्रति पनि उत्साहजनक चासो देखिएको छ । स्थानीय युवा, खेलप्रेमी तथा क्लबहरूको सक्रियतासँगै क्रिकेटलाई व्यावस्थित रूपमा अघि बढाउने प्रयास स्वरूप डिपिएलको आयोजना गरिएको हो ।

प्रतियोगिताको आयोजना डी युनिटी ( D-Unity ) संस्थाद्वारा गरिएको हो, जसले पहिलो संस्करणमा देखाएको सफलतापछि दोस्रो संस्करणलाई अझ प्रभावशाली बनाउने उद्देश्यले तयारी सुरु गरेको छ । प्रतियोगिताका लागि टोली दर्ता भदौ १ गतेदेखि १० गतेसम्म खुला रहनेछ भने खेलाडी दर्ता भदौ १५ देखि २५ गतेसम्म गरिनेछ । त्यसपछि असोज १ गते खेलाडीहरूबीच रोचक ‘अक्सन वार’ अर्थात् लिलामी प्रक्रिया सम्पन्न हुनेछ, जसबाट टिमहरूले आफ्ना खेलाडी छान्नेछन् । लिगको वास्तविक प्रतिस्पर्धा भने असोज १७ गतेबाट सुरु हुनेछ।

डिपिएल २०८२ लाई सफल बनाउन आयोजक संस्था डी युनिटी तथा विभिन्न संघसंस्थाहरूले समेत सक्रिय सहयोग गर्दै आएका छन् । खेलमार्फत युवा सशक्तिकरण र सामाजिक एकता निर्माण गर्ने उद्देश्य बोकेको यस प्रतियोगिताले देवदहको खेल संस्कृति विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।
पहिलो पटक २०८१ सालमा सुरु भएको देवदह प्रिमियर लिगको पहिलो संस्करणले क्रिकेटलाई स्थानीय स्तरमै नयाँ उचाइमा पुर्‍याएको थियो । उक्त संस्करणमा कुल ६ टोली सहभागी थिए, जसमा पाकडी प्यान्थरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो ।

अब समग्र देवदहको नजर डिपिएल २ मा केन्द्रित छ — जहाँ मैदानमा हुने छ वास्तविक ‘क्रिकेट युद्ध’, र तय हुनेछ गौरवको ट्रफी कसको हुनेछ भन्ने इतिहास ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img