spot_img
spot_img
spot_img

ग्रिन प्लान्ट आवासीय माविमा तीज विशेष कार्यक्रम

spot_img

देवदह । रुपन्देहीको देवदह–७ स्थित ग्रिन प्लान्ट आवासीय मा.वि.ले शुक्रबार हरितालिका तीजको अवसर पारेर विभिन्न अतिरिक्त क्रियाकलापसहित विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम अन्तर्गत मन्टेश्वरीदेखि कक्षा १ सम्मका विद्यार्थीले तीज विशेष नृत्य प्रदर्शनी तथा बुवाको मुख हेर्ने दिन विशेष रचना वाचन प्रस्तुत गरेका थिए । सोही अवसरमा कक्षा २–५ सम्मका विद्यार्थीबीच जुनियर स्तरीय र कक्षा ६–९ सम्मका विद्यार्थीबीच सिनियर स्तरीय सदनगत तीज गीत–नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।

भव्य रूपमा सम्पन्न कार्यक्रममा सबै विद्यार्थीको उत्साहजनक सहभागिता रहेको प्राचार्य राजीव सापकोटाले जानकारी दिनुभयो । अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै मौलिक संस्कृतिलाई नयाँ पुस्तामाझ जीवित राख्न सहयोग गर्ने विद्यालयका प्रबन्ध निर्देशक तथा कार्यक्रम अध्यक्ष एकनारायण काफ्लेले बताउनुभयो ।

प्रतियोगितामा जुनियरतर्फ गण्डकी सदन प्रथम, धौलागिरी द्वितीय र नारायणी तथा लुम्बिनी सदन तृतीय भए भने सिनियरतर्फ धौलागिरी सदन प्रथम, गण्डकी द्वितीय तथा नारायणी र लुम्बिनी सदन तृतीय बनेका छन् । प्रतियोगिताको निर्णय संगीता गुरुङ र सरस्वती शर्माले गर्नुभएको थियो ।

कार्यक्रम अतिरिक्त क्रियाकलाप प्रमुख धनमाया शर्माको संयोजन र ग्रिन प्लान्ट रेडक्रस सर्कलका अध्यक्ष संजोग थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img