spot_img
spot_img
spot_img

कोलिय देवदह साकोसको २० औं बार्षिक साधारण सभा सम्पन्न

spot_img

गोविन्द घर्ती, देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले आफनो २० औं बार्षिक साधारण सभा तथा २१ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

संस्थाले मंसीर ६ गते ९ वटै सेवा केन्द्रस्तरीय बार्षिक साधारण सभा सम्पन्न गरीसकेको छ । रक्तदान एवं सम्मान गर्दै बार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा ८१ पिन्ट रगत संकलन भएको सहकारीका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिनु भयो । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ऋषिराम सापकोटाले यस आर्थिक बर्षमा १ हजार ३ सय ७२ जना शेयर सदस्य वृद्धि गरी १९ हजार ५ सय ४९ जना सदस्य पुर्याउन सफल भएको बताउनु भयो । उहाले संस्थाको कुल शेयर पुजी १३ करोड ४५ लाख, शेयर सदस्यको बचत १ अर्व ६४ करोड २१ लाख, कुल सम्पत्ति तथा दायित्व १ अर्व ९० करोड १२ लाख र ऋण लगानी १ अर्व ४३ करोड ६२ लाख रहेको जनाएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले शेयर सदस्यहरुलाई व्यवसायीक बनाउनको लागि सीपमुलक तालिम दिनु पर्नेमा जोड दिएका थिए । उनीहरुले संस्थाले भ्रमणको नाममा अनावश्यक खर्च गर्न नहुने बताउदै शेयर सदस्यलाई स्वरोजगार बनाउने गरी योजना अगाडि सार्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले आर्थिक, सामाजिक र सांस्कृति आवश्यकता र आकाक्षा पुरा गर्न सहकारी अग्रसर हुनु पर्ने बताएका थिए । उनीहरुले दीगो लक्ष्य प्राप्तीको लागि सहकारीले सवैपक्ष संग सहकार्य गर्न आवश्यक रहेको औल्याएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीका मालिक शेयर सदस्य भएकोले शेयर सदस्यलाई व्यवसायीक बनाउन जोड दिनुपर्ने बताएका थिए । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक सुवकान्त न्यौपाने, पुर्वअध्यक्ष कृष्णप्रसाद पौडेल, पुर्व उपाध्यक्ष विष्णुप्रसाद पौडेल, डिल्लीराज मरासिनी, डिल्लीराम सापकोटा, टेकबहादुर गाहा, पूर्णीमा गुरुङ्ग, मुक्तबहादुर मगर, ताराप्रसाद भट्टराई, नारायण वस्याल लगायतले आ–आफना भनाई राखेका थिए ।

२० औं साधारण सभाले तारानाथ खरेललाई लेखा सुपरिवेक्षण समितिको संयोजकमा मनोनयन गरेको सहव्यवस्थापक बुद्धिसागर अर्यालले जानकारी दिनु भयो। कार्यक्रममा उत्कृष्ट पत्रकारको रुपमा देवदह साप्ताहिकका प्रकाशक तिलोचन दहाललाई सम्मान गरेको छ ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, सर्वोत्कृष्ट बचतकर्ता, सर्वोत्कृष्ट ऋणि, पालुवा बचतकर्ता, उत्कृष्ट दिदीवहिनी क्लव, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त गर्ने शेयर, उत्कृष्ट व्यवसायीलाई सम्मान गरिएको थियो । संस्थाका कोषाध्यक्ष हरि भण्डारीको स्वागत र सचिव कृष्णराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img