spot_img
spot_img
spot_img

देवदहमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु: उद्घाटन खेलमा देवदह- २ विजयी

spot_img

रुपन्देही // रुपन्देहीको देवदहमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। देवदह नगरपालिका वडा नं २ को वडास्तरीय फुटबल खेलकुद कार्यक्रम उपभोक्ता समितिद्वारा मंगलबार देखि उक्त प्रतियोगिता सुरु भएको हो। देवदह  ३ स्थित पुष्पानन्द गिरी स्मृति खेल मैदानमा हुने प्रतियोगितामा कुल ११ ओटा टिमले भाग लिएका छन्।

समितिका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाको नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले कार्यक्रममा बोल्दै खेलकुदको माध्यमबाट देवदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्य रहेको बताउनुभयो। उहाँले फुटबल संसारकै सबैभन्दा लोकप्रिय खेल भएको उल्लेख गर्दै खेलकुदले मानिसलाई स्वस्थ, अनुशासित र एकताबद्ध बनाउने बताउनुभयो। देवदह नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जनाउँदै उहाँले मेयर कप फुटबल प्रतियोगिता, उपमेयर कप छात्रा भलिबल प्रतियोगिता तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निरन्तर रूपमा सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।

उपप्रमुख गुरुङले यस वर्ष भने साप्ताहिक रूपमा खेल महोत्सव आयोजना गर्ने तयारी भइरहेको बताउँदै मेयर कप, उपमेयर कप र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एकैपटक साप्ताव्यापी रूपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। साथै आगामी दिनमा क्रिकेट खेललाई समेत समेटेर खेलकुद गतिविधि विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो।

कार्यक्रममा देवदह नगरपालिका वडा नं २ का अध्यक्ष दल बहादुर राकसकोटी, देवदह १ का वडा अध्यक्ष दिपक नेपाल, ३ का अध्यक्ष यज्ञ अर्याल, कार्यपालिका सदस्य गिता भण्डारी, वडा सदस्य बेलु माया बमरेल, ण प्रसाद न्यौपाने, प्रसाद गुरुङ, नगर खेलकुद विकास समिति संयोजक कमल पाण्डे, वडा नं २ का सचिव तिर्थ राज खनाल, कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएत स्थानिय वासिको उपस्थिति रहेको थियो।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ राशीसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। कार्यक्रम मेघ बहादुर गुरुङको स्वागत र यज्ञ न्यौपाने दिपकको सञ्चालनमा सम्पन्न भएको थियो।

उद्घाटन खेल

मंगलबार सम्पन्न पहिलो खेलमा देवदह २ ले देवदह १२ लाई ३-१ को अन्तरले पराजित गरेको छ। उक्त खेलमा दिवश राना मेन अफ डी म्याच घोषित भएका थिए।   प्रतियोगिताको दोश्रो खेल भोली वडा नं ९ र वडा नं  ५ बीच दिनको ठिक २:०० बजे बाट हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img