गोविन्द घर्ती, देवदह । नेकपा एमाले स्पष्ट रोडम्यापका साथ जनताको वीचमा आएको केन्द्रिय सदस्य दधिराम न्यौपानेले बताउनु भएको छ । देशलाई समृद्ध बनाउने, जनताको जीवनस्तर माथि उठाउने, रोजगारको सृजना गर्ने, युवाहरुलाई विदेश पलान हुनबाट रोक्ने लगायतका दृष्टिकोण बोकेर एमालेले आफुलाई निर्वाचनमा उभ्याएको नेता न्यौपानेले बताउनु भयो ।
नेकपा एमाले देवदह–६, को शाखा भेलालाई सम्बोधन गर्दै उहाले राजनीतिक अनुभव नभएका र राजनीतिलाई फोहोरी खेल भन्नेहरु सिगारिएर अगाडि बढ्नुले देशलाई भूराजनीतिक संकटमा फसाउन सक्ने आशंका व्यक्त गर्नु भयो । रुपन्देहीको क्षेत्र नम्वरको उम्मेदवार समेत रहनु भएका नेता न्यौपानेले उत्तर र दक्षिणको भन्दा पनि आकाशको छिमेकीबाट देशलाई खतरा रहेको औल्याउदै उहाले आम मतदाताहरु सचेत र जागरुक हुनुपर्नेमा जोड दिनु भयो । देवदह ऐतिहासिक महत्वको क्षेत्र भएको र त्यसको विकासको निम्ति एमालेृको जित आवश्यक रहेको धारणा राख्नु भयो । अव्वस्थित बसोवासीको निम्ति नेकपा एमालेले ल्याएको नीति तथा कार्यक्रमले भूमिहिनहलाई जग्गाको मालिक बनाउने बाटो खोलेको उहाको दावी थियो । ए
मालेका जेष्ठ सदस्य नेत्रप्रसाद काफ्लेको अध्यक्षता, पार्टी जिल्ला विभाग सदस्य खेमबहादुर थापाको स्वागत र शाखा ईन्चार्ज विष्णु बरालको संचालनमा भएको कार्यक्रममा वडाका केउली, सटाकखोला, उजेरी, सरनवारी, मिलनचोक, शिवालय टोल, लक्ष्मीनगर, अमरसिंह चोक लगायका स्थानीय कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा १५ जना भन्दा बढि विभिन्न पार्टीका व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । भेलाले शिवप्रसाद ढुंगाना संयोजक रहेको १ सय ५१ सदस्य निर्वाचन परिचालन कमिटी गठन गरेको सो पार्टीले जनाएको छ ।




