spot_img
spot_img
spot_img

काठमाण्डौ उपत्यकामा तापक्रम घट्यो, पहाडी भेगमा हल्कादेखि सामान्य बदली हुने

spot_img

३ कात्तिक , काठमाण्डौ ।

मौसम बदली हुन थालेसँगै काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम घट्दै गएकोे छ । मगलबार २५ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम हिजो बुधबार २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो । आजको तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ । साथै आज पहाडी क्षेत्रको मौसम हल्कादेखि सामान्य बदली हुने अनुमान गरिएको छ । अहिले नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । मनसुन सकिए पछि पश्चिमी वायूको प्रभाव हाबी हुने मौसमविद्ले बताएका छन् । खासगरी कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरुमा मौसम बदली भइ हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img