३१, असोज , काठमाण्डौ ।
यो वर्षको भाइटीकाको उत्तम साइत कात्र्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ । एक विज्ञप्ति निकालेर नेपालका लागि यो समय उपयुक्त भएको समितीले जनाएको हो ।
२०७९ सालको तिहार-पर्वसँग सम्बन्धित दिन तथा साइतहरू:
१) वि.स. २०७९ कात्तिक ५ गते, शनिबार, यमदीपदान, धनत्रयोदशी (धन्तेरस)
२) वि.सं. २०७९ कात्तिक ६ गते आइतबार, काकबली (कागतिहार), धन्वन्तरी जयन्ती ।
(३) वि.सं. २०७९ कात्तिक ७ गते, सोमबार, कुकुरतिहार नरकचतुर्दशी, विहान झिसमिसेमा तेल लगाएर नुहाउने, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४) वि.सं. २०७९ कात्तिक ८ गते, मंगलबार, गाईपूजा –
५) वि.सं. २०७९ कात्तिक ९ गते, बुधबार, गोवर्द्धनपूजा, वलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा ने. सं. ११४३ प्रारम्भ
६) वि.सं. २०७९ कात्तिक १० गते, बिहीबार, यमद्वितीया भाइटीका (किजापूजा) बिहान ११:३७ बजे (उत्तर मोहडा)