spot_img
spot_img
spot_img

कस्तो व्यक्तिलाई लामखुट्टेले बढी टोक्ने गर्दछ ? जान्नुहोस !

spot_img

४ कात्तिक, काठमाण्डौ ।

कस्ता मानिसप्रति लामखुट्टे बढी आकर्षित हुन्छन्, वैज्ञानिकले यसबारे पत्ता लगाइसकेका छन् । कसलाई लामखुट्टेले धेरै पछ्याउँछन्, कसको रगत बढि पिउँछन् ? लामखुट्टेको चुम्बक भनिने व्यक्तिका लागि यो खबर खासै सुखद छैन किनभने लामखुट्टेले आफूलाई मनपरेको मानिसको पिछा छोड्दैनन्, अन्तिम साससम्म पनि । यस्तो हुनुको एउटा विशेष कारण पनि छ । यस्ता मानिसहरुको शरीरबाट यस्तो गन्ध निस्कन्छ जसले लामखुट्टेलाई उनीहरुतर्फ आकर्षित गर्छ ।
न्युयोर्क स्थित रकफेलर युनिभर्सिटीका न्युरोबायोलोजिस्ट लेस्ली वोशैलले लामखुट्टेले धेरै टोक्नुका कारणबारे बताएकी छिन् । उनले भनेकी छिन्, ‘यदि तपाईंको छालामा एक विशेष खालको पदार्थ छ र तपाईं बाहिर जानु भएको छ भने तपाईं लामखुट्टेको टोकाइबाट बच्न सक्नुहुन्नँ । विश्वभरी विभिन्न खालका कहानी छन्, रगत मिठो भएकोले लामखुट्टेले टोक्छन्, आदि इत्यादि । तर यस्ता कहानीको पछाडि कुनै बलियो तथ्य वा दस्तावेज छैनन् ।
शोधकर्तामध्ये एक मारिया इलेना डे ओब्लाडियाले बताए अनुसार लामखुट्टेको चुम्बकको पहिचान गर्नका लागि एउटा ल्याब टेस्ट गरियो । मानिसहरुको गन्धलाई एक–अर्कामाथि छर्कियो । गन्ध पसिनाले निकालेको थियो । यो शोध हालै सेल जर्नलमा प्रकाशित भएको छ । शोधकर्ताले ६४ स्वयंसेवकलाई उनीहरुको हातको अर्को हिस्सामा नाइलनको स्टकिङ लगाउन भने ताकि स्टकिङमा उनीहरुको शरीरको गन्ध आओस् । त्यसपछि स्टकिङलाई भिन्न भिन्न ट्युबमा राखियो त्यसपछि दर्जनौँ लामखुट्टे छोडियो ।

विशेष गन्ध भएका मानिसमा सय गुणा बढी लामखुट्टे

मारियाले बताए अनुसार सबैभन्दा बढी लामखुट्टे जुन स्टकिङमा गएर बसे, यसबाट के थाहा भयो भने यो कुन मानिसको गन्ध हो । जो व्यक्तिको स्टकिङमा सबैभन्दा कम लामखुट्टे थियो, ती लामखुट्टेका प्रिय थिएनन् । जसमा सबैभन्दा बढी लामखुट्टे पुगे त्यो सबैभन्दा कम रुचाइएको गन्धभन्दा सय गुणा बढी थियो। यो शोधमा एडिस एजिप्टी लामखुट्टेलाई समावेश गरिएको थियो । यो लामखुट्टेका कारण जन्डिस, जिकार डेंगु हुने गर्छ ।

जो लामखुट्टेका चुम्बक हुन्, उनीहरु सधैँ लामखुट्टेका चुम्बक नै रहनेछन्

लेस्ली वोशेलका अनुसार यस्तो खालका नतिजा अन्य प्रजातिका लामखुट्टेमा पनि भेटिएको छ तर यसका लागि थप अनुसन्धान गर्न बाँकी छ । फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटीका न्युरोजेनेसिस्ट म्याट डिजेनारोले यही मानिसमाथि लगातार केही वर्षसम्म परीक्षण गर्ने हो भने थप उत्कृष्ट र सटिक परिणाम सार्वजनिक हुने बताएका छन् । यसो गर्दा कस्ता मानिसहरु सधैँ लामखुट्टेको म्याग्नेट बन्छन् भन्ने पत्ता लाग्छ ।

किन यस्ता मानिसलाई लामखुट्टेले धेरै टोक्छन् ?

लामखुट्टेको चुम्बक ९मस्क्विटो म्याग्नेट्स० को छालाबाट एक विशेष खालको एसिड निस्कन्छ । यसको मात्रा र तीब्रता पनि धेरै हुन्छ । यो छालाको माथिल्लो पत्रमा ग्रीजको कणजस्तै टाँस्सिने गर्छ । भिन्न भिन्न मानिसले यस्तो खालको नमी पैदा गर्ने रसायन भिन्न भिन्न मात्रामा नै आफ्नो छालाबाट निकाल्ने गर्छन् । शरीरको छालामा भएका स्वस्थ ब्याक्टेरियाले यो एसिडलाई खाएर हाम्रो शरीरबाट विशेष प्रकारको गन्ध निकाल्ने गर्छ जसले लामखुट्टेलाई आकर्षित गर्छ ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img